‘हामीलाई जैविक होइन, पक्की तटबन्ध चाहिन्छ’
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्बर पिल्लरका स्थानीयहरूले महाकाली र जोगबुडा नदीबाट जोगिन पक्की तटबन्धको माग गरेका छन् । एक गैरसरकारी संस्थाले बस्ती बचाउन जोगबुडा नदीमा निर्माण गरेको जैविक तटबन्ध नदीको एकै भेलले भत्काएको बताउँदै स्थानीयले पक्की तटबन्धको माग गरेका हुन् ।
वर्षासँगै हिउँदमा समेत जोगबुडा नदीले बस्तीको जग्गा कटान गर्दै आएको भन्दै स्थानीय मायादेवी सुनारले जैविक तटबन्ध बस्तीको लागि खासै अर्थ नभएको बताइन् । सरकारको चरम लापरबाहीको कारण १८ नम्बर पिल्लर बस्ती विस्तापित हुने अवस्थामा पुगेको छ । जोगबुडा नदीको पारीको नेपाल–भारत सीमा स्तम्भसँग जोडिएको सीमा क्षेत्रमा अवस्थितको अठार नम्बर पिल्लर बस्ती नदी कटानीदेखि भारतीयहरूको हेपाहा समस्या खेप्दै आएका छन् ।
जोगबुडा नदीले उनीहरूको जग्गा कटान गरेर घरछेउ पुग्न थालेपछि उनीहरू विस्थापित हुने अवस्थामा पुगेका हुन् । यस बस्तीमा नौ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै दुई सय बिघा जग्गा रहेको स्थानीय डम्मरी ओलीले बताए । अन्य जग्गाधनीको घर जगबुडा नदीको वारि रहेको छ । उनीहरू खेतीपाती गर्न मात्रै अठार नम्बर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्बर पिल्लर बस्तीमा विस्थापितपछि बाँकी रहेका नौ घरधुरीको अवस्था दिनदिनै बिजोग बन्न थालेको छ । अझैसम्म उनीहरूले विद्युत् सेवा समेत पाएका छैनन् ।
पक्की तटबन्ध निर्माण नभए अठार नम्बर पिल्लर बस्ती विस्थापित हुने पक्का छ । यहाँका नौ घरपरिवारको अन्य ठाउँमा जग्गा नभएको कारण अन्य ठाउँमा समेत स्थानान्तरण हुन सकेका छैनन् । विगतमा दर्जनौँ घरहरू रहेको यस बस्तीमा जगबुडा नदीले वर्षैपिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर नौ घरपरिवारमा सीमित भएको ओली बताउँछन् ।
करिब ४० परिवार अठार नम्बर पिल्लरवारिको बस्तीमा बसोबास गर्दै आएका छन् । सिमा स्तम्भसँग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुलबाहेक केही छैन । उनीहरूको सबै थोकमा भारतीय बजारसँग सम्बन्ध छ । नानीहरूको पठनपाठनदेखि लिएर गाउँ, बस्तीमा हुँदै आएको झै–झगडाको भएपछि भारतीय पञ्चायतमा उनीहरू धाउने गर्दछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया