बैतेश्वर गाउँपालिकाले पूर्वाधार विकास र कृषिमा जोड दिने
काठमाडौं । जिल्लाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास र कृषि उत्पादनमा जोड दिने गरी बजेट ल्याएको छ । गाउँपालिकाले आगामी वर्ष २०७९/०८० को लागि ५५ करोड चार लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाको भौतिक पूर्वाधार विकासमा जोड दिने गरी बजेट ल्याइएको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए ।
गाउँपालिकाले सडक तथा पूर्वाधार विकासको लागि १० करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमले मुख्य गरी स्थानीय सडक कालोपत्रे गर्ने पालिकाले जनाएको छ । पालिकाले आगामी वर्षभित्र नाम्दुदेखी पाँडुडाँडासम्मको सडक कालोपत्रे गर्ने भएको हो । त्यस्तै २०७४ पछि कालोपत्रे गर्न सुरु गरिएका सडकको कालोपत्रेलाई पनि निरन्तरता दिइने अध्यक्ष लामाले बताए ।
गाउँपालिकाले गत शनिबार गाउँसभामा बजेट प्रस्तुत गरेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले विभिन्न छ शीर्षकको बजेट प्रस्तुत गरेकी थिइन् । पालिकाले आगामी वर्षको लागि सामाजिक तथा सुशासन विकासतर्फ सात करोड ३६ लाख ३० हजार, आर्थिक विकासतर्फ चार करोड ६२ लाख लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ सात करोड ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनको लागि एक करोड ४९ लाख १६ हजार रूपैयाँ बजेट छुट्याएको छ ।
यस्तै गाउँपालिकाले पालिकाभित्रका बालविकास सहयोगी शिक्षकलाई प्रोत्साहन भत्ता र पोशाक उपलब्ध गराउने भएको छ । साथै सबै वडा कार्यालयको सुरक्षाको लागि घेराबार लगाउने, स्वास्थ्य संस्थालाई थप व्यवस्थित र स्तरोन्नति गर्ने, सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको विकास गर्ने, सार्वजनिक स्थलहरूमा धुम्रपान र मध्यपान सेवन गर्न निरुत्साहित गर्ने, स्वास्थ बीमा कार्यक्रममा सबै नागरिकहरूलाई आबद्ध गराउने भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया