राष्ट्रिय धान दिवस : दोलखामा ५१ प्रतिशत रोपाइँ सकियो
दोलखा । जिल्लामा यस वर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवसको दिनसम्म ५१ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै धान रोपाइँ सकिएको हो । असार लाग्नुअघि नै मनसुन सुरु भएकाले यस वर्ष असारको दोस्रो साता बित्दा नै आधाभन्दा धेरै खेतमा रोपाइँ सकिएको जिल्ला कृषि ज्ञानकेन्द्र रामेछापको शाखा कार्यालय दोलखाले जनाएको छ ।
कृषि ज्ञानकेन्द्र दोलखा शाखाका कृषि अधिकृत नन्दराज वलीका अनुसार जिल्लामा तीन हजार दुई हेक्टर क्षेत्रफल जमिनमा धानखेती हुँदै आएको छ । जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा धेरै धानखेती हुनेगरेको छ । मेलुङ गाउँपालिकामा मंगलबारसम्म ६० प्रतिशत धान रोपाइँ सकिएको छ । त्यस्तै जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रमा ५७ प्रतिशत रोपाइँ सकिएको छ भने बैतेश्वर गाउँपालिकामा ४६ प्रतिशत रोपाइँ सकिएको कृषि अधिकृत वलीले जानकारी दिए ।
त्यस्तै कालिञ्चोक गाउँपालिकामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी गौरीशंकर गाउँपालिकामा २५ प्रतिशत रोपाइँ सकिएको छ । माथिल्लो क्षेत्रमा रहेका तीन पालिकाहरू शैलुङ गाउँपालिका, जिरी नगरपालिका र बिगु गाउँपालिकामा भने हालसम्म करिब १५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको अधिकृत वलीको भनाइ छ । कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा धेरैजसो स्थानीय जातको धान लगाउने गरिएको छ । केही बेँसीहरूमा पछिल्लो समय बजारमा निस्केको हाइब्रेड जातको धान लगाइए पनि धेरैजसो किसानले स्थानीय जातको धान रोप्नेगरेका छन् ।
ज्ञानकेन्द्रका अनुसार जिल्लाका किसानले मार्सी, खुमल–४, खुमल–६, खुमल–८, खुमल–१०, पोख्रेली, खुमल–७८, झिगमली, एक्ले, राम्सली, घैयाधानलगायतका स्थानीय तथा विकासे जातको धान लगाउँदै आएका छन् । यता जिल्लाको बैतेश्वर गाउँपालिका–४ मा रहेको पहाडी बाली अनुसन्धान कार्यक्रमले यस वर्ष एक हजार सात सय केजी खुमल–४ धानको बीउ र एक हजार नौ सय केजी खुमल–१० दुई जातको धानको बीउ उत्पादन गरी किसानलाई वितरण गरेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रेका संयोजक बन्धुराज बरालले जानकारी दिए । पहाडी बालीले यसवर्ष पनि विभिन्न १० वटा विकासे जातको धानको नयाँ बीउ उत्पादन र परीक्षणकोे लागि असार १५ गते धान रोप्न लागेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया