नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने
काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीहरूको सम्बन्धित कार्यालयले सोझै कोषको खातामा कोषकट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । यो सुविधा सीजीएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयहरूले उपभोग गर्न सक्नेछन् ।
यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले स्वीकृत गर्नेबित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । कोषका अनुसार तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरूको कार्यालयहरूले पाउनेछन् । ती कार्यालयहरूले आफ्ना कर्मचारीहरूका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक–वित्तीय संस्थाहरूबाट पठाउन सक्नेछन् । यस्तै कर्पोरेट–पे सुविधा लिएका कार्यालयहरूले भने कर्पोरेट–पे प्रणालीमार्फत आफैँले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस प्रणालीअनुसार सबै कार्यालयहरूले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरूको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको विवरण कोषको ई–सर्भिस पोर्टलमार्फत चढाई सो विवरणलाई सबमिट गरेपछि प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोडसहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले सबमिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको बैंक सेन्ट्रल मोडलमार्फत रकम जम्मा गरिदिनेछन् । यसरी बैंकले दाखिला गरेको कारोबार रकमसहितको विरण एनसीएचएलले एपीआई कोषको कोर सिस्टममा पुस गर्नेछ । उक्त विवरणलाई कोषले भेरिफाइ गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीहरूको कोषको खातामा रकम जम्मा हुनेछ । २० लाख रूपैयाँसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रूपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्पोरेट–पे सुविधा लिएका कार्यालयहरूले यो सुविधा आफँैले कर्पोरेट–पेमार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ । यसरी बैंक वा कर्पोरेट–पेमार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाखभन्दा बढी सहभागीहरूलाई स्वचालितरूपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मदत पुग्ने विश्वास कोषले गरेको छ । यसरी यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरेपछि कोषमा फाँटबारी र बैंक भौचर विगतमा पठाएजस्तै पठाउनु पर्ने छैन ।
कोषले यसभन्दा पहिले कनेक्ट आईपीएस र मोबाइल बैंकिङ प्रणालीमार्फत कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानीको रकम संकलन गर्दै आएकोमा अब यस्तो रकम हिमालय बैंक वा लक्ष्मी बैंकका जुनसुकै शाखा कार्यालयहरूबाट रकम जम्मा गरेमा बैंक दाखिला भौचर विगतमा जस्तै कोषमा दाखिला गर्न आउनुपर्नेछैन । ती बैंकहरूमा जम्मा गरिएको रकमको विवरण कोषलाई ती बैंकहरूको प्रणालीमार्फत प्राप्त भई कोषबाट स्वीकृत हुनासाथ रकम दाखिला गर्नेको कोषको खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको कोषले जनाएको छ । यसले गर्दा सापटी रकम फिर्ता भुक्तानी गर्ने सहभागी कोषमा आउनुपर्ने अवस्थाको अन्त्य हुने कोषको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया