महेन्द्र शाही
सोलुखुम्बु, फागुन ९
जिल्ला अस्पताल फाप्लुमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट रिफर भएका र सिधै पुग्ने बिरामीको उपचार गरिन्छ । अहिले दैनिक ३० देखि ३५ जना बिरामी उपचारका लागि यहाँ आउँछन् । तर औषधि तथा उपकरण र जनशक्तिको अभावका कारण उपचार पाउन नसकेको बिरामी र उनका आफन्तले गुनासो गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका जीतबहादुर कार्की उपचारका लागि अस्पताल पुगे । ८३ वर्षीय उनी अस्पतालमा पुगेर चेकजाँच त गराए तर डाक्टरले लेखिदिएको औषधि पाएनन् । उनी भन्छन, ‘बिरामीसँग बोल्ने स्वास्थ्यकर्मीको ढंगसमेत छैन ।’ बिरामीसँग रिसाउने र झर्किने गरेको उनको भनाइ छ ।
यता पञ्चनका शम्भु निरौला ९२ वर्षीय बुबाको उपचारका लागि आइतबार राति जिल्ला अस्पतालमा पुगेका थिए । उनले भने डाक्टरले लेखिदिएको औषधि निजी मेडिकलमा किन्न बाध्य भए । उनी भन्छन, ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवासमेत पाइएन ।’ यसरी हेर्दा जिल्ला अस्पाल रिफर सेन्टरका रूपमा परिणत भएको छ ।
जिल्ला अस्पतालकी डाक्टर स्मृति गौतमले अस्पतालमा केही दिनदेखि औषधि अभाव भएको स्वीकार्छिन् । उनी भन्छिन, ‘केही औषधि अभाव भएको सत्य हो । अभाव भएका औषधि अस्पताल व्यवस्थापन समितिसँग माग गरेका छौँ ।’ केही बिरामी र आफन्तले गुनासो गरेजस्तो भिडियो एक्सरेलगायतका सेवा नपाएको गुनासो सत्य नभएको उनको दाबी छ । संघीय संरचनामा प्रदेश मातहतमा रहेका अस्पतालमा पहिलेको तुलनामा दरबन्दी समेत कटौती भएको छ । घटेको दरबन्दीअनुसार पनि स्वास्थ्यकर्मी नहुँदा प्रभावकारी सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया