बैतेश्वर गाउँपालिकामा ९२ प्रतिशत योजनाको कार्य सम्पन्न
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा चार सय ४० वटा योजनामध्ये चार सय एक योजनाको निर्माणकार्य पूरा भएको जनाएको छ । गाउँपालिका चालू वर्षमा विशेष अनुदान, ससर्त अनुदान र समपुरक अनुदानमार्फत साना–ठूला गरी चार सय ४१ वटा योजना सञ्चालनमा थिए ।
गाउँपालिकाले सोमबारसम्म चार सय एक योजनाको भुक्तानी गरिसकेको जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोख्रेलले पालिकाले हालसम्म ९२ प्रतिशत योजनाको भुक्तानी दिसकेको बताए । ८ प्रतिशत योजनाको भने भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।
गाउँपालिकाले चालू वर्षमा सडक, खानेपानी, स्वस्थ्य, शिक्षा, रोजगार, कृषि तथा सिँचाइ, गोरेटो बाटो निर्माण गरी चार सय ४० वटा योजना प्राप्त गरेको योजना अधिकृत चौलागाईंले जानकारी दिए । हालसम्म गाउँपालिकाबाट ११ करोड १७ लाख सात हजार चार सय ३२ रुपैयाँ भुक्तानी भैसकेको उनले बताए । भुक्तानी भएका सबै योजना गाउँपालिकाको विशेष अनुदानतर्फका योजना भएको उनले बताए । त्यस्तै भुक्तानी हुन बाँकी रहेका योजना पनि भुक्तानीको चरणमा रहेकोे उनले जानकारी दिए । यही साताभित्र बाँकी रहेका काम पूरा गरेर भुक्तानीको प्रक्रियामा लगिने अधिकृत चौलागाईंले बताए । गाउँपालिकामा निर्माणको चरणमा रहेका ससर्त र समपुरक अनुदानतर्फका केही ठूला र साना योजनाको काम आंशिक बाँकी रहेकाले भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
चालू वर्षमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मात्रै करिब छ किलोमिटर सडक सोलिङ र एक किलोमिटर सिँडीसहितको गोरेटो बाटो निर्माणसम्पन्न गरेको छ । त्यस्तै गाउँपालिकाले समपुरक अनुदानमा साढे तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेको छ । गाउँपालिकाकै विशेष अनुदानमा सात किलोमिटर गोरेटोबाटो निर्माणसम्पन्न भएको छ । गाउँपालिकाले चालू वर्षमा ‘एक घर एक धारो कार्यक्रम’ गाउँपालिका ६५ प्रतिशत घरमा वितरण गरेको जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया