सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न पहल
भक्तपुर । भक्तपुर दरबार स्क्वायरमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनर्निर्माण गर्न पहल थालिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त भवन कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने विवादका कारण हालसम्म पुनर्निर्माण हुन सकेको छैन ।
पुरातत्व विभाग हालकै शैलीमा पुनर्निर्माण गर्न चाहन्छ भने भक्तपुर नगरपालिका यसको ऐतिहासिक प्रमाणका आधारमा मल्लकालीन शैलीमा पुनर्निर्माण हुनुपर्ने अडानमा छ । यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले पुरातत्व विभागलाई लिखितरूपमै प्राप्त पुराना प्रमाणको आधारमा मल्लकालीन शैलीमा सिंहध्वाखा दरबार पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले बुधबार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई भेटगरी विश्व सम्पदा सूचीमा सूचीकृत ५५ झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबारको मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न लिखित आग्रह गरेका छन् । उनले उक्त दरबारको पुनर्निर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनर्निर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताए ।
महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न ‘युनेस्को’ प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनर्निर्माण कार्य अगाडि बढ्न नसकेको बताए । उनले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको औँल्याए । सोही अवसरमा नगरप्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गरेका थिए । भक्तपुर नपाले यसअघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया