‘प्रतिभा डबली’ अन्तिम चरणको छनौट कार्यक्रम सम्पन्न
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा सञ्चालन गरेको निजामती कर्मचारीको इनोभेटिभ आइडिया प्रस्तुतिका लागि ‘प्रतिभा डबली’ अन्तिम चरणको छनोट कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको उक्त कार्यक्रममा देशभरीबाट प्राप्त ३४ वटा आइडियाहरूमध्येबाट उत्कृष्ट १० विचारकहरूले आफ्नो सोच प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायकमण्डलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिव बेगेन्द्रराज शर्मा पौडेल र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सहसंथापक डा. छिरीङ लामा रहेका थिए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले निजामती सेवाहरूलाई प्रगतिशील वातावरण सिर्जना गर्न व्यवहारात्मक दृष्टिकोणको विकास गर्न आवश्यक रहेको बताए । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रतिभा डबली वा प्रतिभा प्रतिस्पर्दा देश र निजामती कर्मचारीहरूको लागि नौलो सुरुवातको रूपमा रहेको बताए । सरकारी कर्मचारीसँग पनि नयाँ विचार र क्षमताको कमी नभएको उनको भनाइ थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रस्तुत सोचहरूले निजामती सेवालाई नयाँ आयाम थप्ने, हाल चलनचल्तीका प्रक्रिया र पूर्वाधारहरूलाई समयको मागअनुसार प्रविधिमूलक बनाई सरकारी कामकाजहरूलाई सार्थक तथा सहजीकरण बनाउने बताए । कार्यक्रममा १० जना सहभागीहरूको मूल्यांकनलाई जोडिएको थियो जसमा चार जना प्रस्तोताहरूले पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यस्तै छ जना सहभागी प्रतिस्पर्धीहरूलाई प्रसंशापत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट १० सहभागीहरू कृषि विभागका अरुण जिसी, लोकसेवा आयोग बुटवलका विजयकुमार रमतेल, ललितपुर महानगरपालिका बिजेता सुवेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालयका विश्व मंगल शर्मा, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयकी ज्ञानी कुमारी थापा, भीमेश्वर नगरपालिका दोलखाका मानबहादुर खड्का, राष्ट्रिय योजना आयोगका नवराज पराजुली, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नशिव आचार्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रमोद नेपाल, जल तथा मौसम विज्ञान विभागका राम प्रसाद अवस्थी रहेका थिए । उनीहरूमध्ये कार्यक्रममा प्रथम हुन सफल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका इलेक्ट्रोनिक इन्जिनियर नसिब आचार्यको सोच सरकारी पत्राचार सूचना र प्रवाह प्रणाली, दोस्रो हुन सफल भीमेश्वर नगरपालिका, दोलखाका उपसचिव मान बहादुर खड्काको सोच सफ्टवेयरमा आधारित स्थानीय राजस्व व्यवस्थापन र तेस्रो हुनु सफल दुई सोचहरू कृषि विभागका कृषि प्रसार अधिकारी अरुण जिसी र ललितपुर महानगरपालिका अधिकारी, विजेता सुवेदी रहेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया