सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउने भएको छ । ट्राफिक प्रहरीले अश्लिल, अपाच्य, गाली, कानुनविपरीत तथा समाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान थालेको हो ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि हटाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । नेपालको कानुनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्नेगरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ । अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पु-याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।
त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया