Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटाटु डिजिटलाइज गर्ने इक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियनमा

टाटु डिजिटलाइज गर्ने इक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियनमा


काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल च्याम्पियनमा टाटु डिजिटलाइज गर्ने स्टार्टअप इक्सभिला छनौट भएको छ । स्टार्टअप वर्ल्डकप नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाइजेसन गर्ने स्टार्टअप इक्स भिला नेपालको च्याम्पियन बनेको हो ।

स्टार्टअप वर्ल्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाइनल ब्याटल आयोजना गरेको हो । स्टार्टअप वर्ल्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पुर्ण संयन्त्र नै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फट्को मार्ने बताए । विश्वका ७० भन्दा बढी देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुनथालेको हो । वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनी संस्था स्टार्टअप हब नेपालले जनाएअनुसार अब गत वर्षको विजेटा ट्याक्सिमाण्डु र यस बर्षको विजेता ईक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिस्पर्धामा सहभागी हुनेछन् । दुवै च्याम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिस्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए ।

देशभरबाट स्टार्टअप विश्वकपका लागि प्रतिस्पर्धामा सहभागी हजारौँँ स्टार्टअपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए । बुधबार छानिएका १५ स्टार्टअपहरुबीच प्रतिश्पर्धा भएको हो । छानिएका उत्कृष्ट स्टार्टअपहरुमा गेम सम्बन्धी एप : डार्क म्याटर्स, शिक्षा प्रविधिसम्बन्धी स्टार्टअप : वेद, इन्ट-याक्टिभ लर्निङ चिम्पभाइन, मेन्टल हेल्थ स्टार्टअप ह्यापि माइन्डसलगायतका रहेका थिए ।

बुधबारको नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टअपहरु पनि छानिएका छन् । उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन इन्सभिल्लासँगै दोस्रोमा वेद, तेस्रोमा स्किल सेवा, चौथोमा ह्यापि माइन्डस र पाँचौँमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती पाँच स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले एक हजार डलरबराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ ।

त्यसैगरी उत्कृष्ट तीन स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रतिकम्पनी १० लाख रुपैयाँको लगानी पुरस्कार दिने घोषणा गरेको छ । विश्वका विकसित र धनी देशहरुमा मात्र हुने गरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको इन्नोभेसन हेडक्वार्टर भनेर चिनिले सिलिकन भ्यालीमा गएर प्रतिस्पर्धा गर्ने बाटो देख्ने अवस्था सिर्जना भएको स्टार्टअप हब नेपालले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x