नेपाल इको प्यानलको झण्डा र लोगो सगरमाथामा
काठमाडौं । विभिन्न व्यक्ति, संस्थाहरुको फोटो, लोगो विश्वकै अग्लो सर्वाेच्च शिखर सगरमाथामा पुग्ने क्रममा नेपाल इको प्यानलको लोगो अनि झण्डा पनि पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु-याएका हुन् ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पु¥याएको बताए । वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगको सन्देश संसारभरि दिन यो काम गरिएको सीईओ दुवालले बताए । नेपाल इको प्यानल वातावणमैत्री निर्माण सामग्री हो । वातावरण विनाशलाई जोगाई नेपाल इको प्यानलको उत्पादन हुन्छ ।
वातावरण विनाश हुन नदिन उत्पादनको क्रममा यसमा कुनै पनि इन्धनको प्रयोग हुँदैन । साथै यो ऊर्जा किफायती पनि छ । बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेसनका कारण यो हिमाल, पहाड अनि तराई सबैतिर उतिकै उपयुक्त हुने हुने सन्देश दिन पनि यो काम गरिएको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया