बुद्धनगरबाट चोरिएको मोटरसाइकल गोंगबुबाट नियन्त्रणमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौँको गोंगबु चोकबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले सर्लाही हरीवन नगरपालिका वडा नं. १० सुकेपोखरी घर भई हाल काठमाडौं कपन बस्ने मनोज घिमिरेलाई काठमाडौं बुद्धनगरबाट हराएको बागमती प्रदेश ०२–०२४ प ०१८९ न. को रातो रङको २०० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरिक्षक बाल नरसिंह राणाका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२–०२४ प ०१८९ खुल्न आएको सो मोटरसाइकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ७ घर भई हाल काठमाण्डौं बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ । नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया