भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना
काठमाडौं । वरिष्ठ तबलावादक पण्डित अच्युतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार यादव खरेलले अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको राजधानीमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
खरेलले प्रतिष्ठानले तबला र तालको महत्वलाई अझ प्रभावकारी ढंगले आम संगीत पारखीसम्म पु-याउनका लागि महत्वपूर्ण कार्य गर्ने धारण राखे । वरिष्ठ कलाकार हरिहर शर्माले संगीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताए । वरिष्ठ साहित्यकार विजय चालिसेले प्रतिष्ठानले नेपाली संगीत क्षेत्रलाई पुनर्जीवित बनाउने कार्य गरेको टिप्पणी गरे ।
प्रतिष्ठानका संरक्षक पण्डित अच्युतराम भण्डारीले प्रतिष्ठानमार्फत विपन्न वर्गका बालबालिकालाई निःशुल्क तबला प्रशिक्षण दिइने जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष सीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संगीतज्ञ गोपालनाथ योगीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया