गाउँ–गाउँमा पुगेर कृषि बीमा गर्ने नेको इन्स्योरेन्सको घोषणा
काठमाडौं । नेको इन्स्योरेन्सले ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो अभियानको घोषणा गरेका हुन् ।
कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले कृषकको घर–घरमा पुगेर कृषि बीमा गर्ने घोषणा गरे । कृषकले गरेको लगानीमा अप्रत्याशित नोक्सानीमा बीमा कम्पनीले सुरक्षा दिने हेतुले यस अभियान सञ्चालनमा ल्याएको कम्पनीका सीईओ खड्काले बताए । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा आकर्षण बढ्नसकेको छैन । जसकारण यस्ता क्षति भोग्नुपर्दा किसानहरुका जोखिमको सुरक्षण गर्न यस अभियान सञ्चालनमा ल्याएको सीईओ खड्काले बताए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई कृषि बीमाको भुक्तानी तत्काल दिन निर्देशक समेत दिए । उनले विभिन्न कारणले पीडामा परेका कृषकहरुलाई बीमा गरेका कम्पनीहरुले बीमा दाबी भुक्तानी समयमा नै नदिँदा अझ दुःख पर्ने हुँदा त्यस्ता कृषकको भुक्तानी तत्काल गर्नुपर्ने बताए ।
कृषि बीमालाई नाफामूलकभन्दा पनि सेवामूलक व्यवसायको रुपमा विस्तार गर्नुपर्ने र त्यसबाट उचित प्रतिफल हुने समेत निर्देशक पौडेलले बताए ।
कृषि अभियान घोषणा कार्यक्रममा समितिका अध्यक्ष सिलवालले कृषि बीमालाई अभियानको रुपमा सञ्चालन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन समेत दिए । सहरबाट गाउँ पसेका बीमा कम्पनीहरुलाई बीमाको अभियानसँगै बीमा दाबी भुक्तानी दिन समेत अभियान नै सञ्चालन गर्न समितिका अध्यक्ष सिलवालले निर्देशन दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया