दोलखा । जिल्लामा सवारी दुर्घटनामा कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आव २०७८/०८९ मा सवारी दुर्घटनामा कमी आएको हो । जिल्ला ट्राफिक कार्यालय दोलखाको तथ्यांकअनुसार गत आवमा दोलखामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सोही अवधिमा १२ जनाको सवारी दुर्घटना मृत्यु भएको थियो । यस्तै गत आवको एक वर्षको अवधिमा ४३ जना गम्भीर घाइते भएका थिए भने ३५ जना सामान्य घाइते भएको पाइएको छ । यस्तै साना–ठूला गरी ४२ वटा सवारी दुर्घटनामा परेका छन् । त्यस्तै जिल्ला ट्राफिक कार्यालय दोलखाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ४५ लाख आठ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा कार्यालयको राजस्व संकलनमा भने कमी आएको छ । सवारीकारबाही घटेकाले राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक कार्यालय दोलखा ट्राफिक प्रमुख विष्णुराज पुरीले जानकारी दिए ।
कार्यालयले आव २०७७/०७८ मा छ हजार सात सय १७ वटा सवारी कारबाहीबाट ५७ लाख ७० हजार पाँच सय रुपैयाँ राजस्व जम्मा गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ६४ वटा सवारी कारबाहीबाट ४५ लाख आठ हजार रुपैयाँ मात्रै राजस्व जम्मा गरेको छ । कार्यालयको तथ्यांकअनुसार गत आवमा एक हजार दुई सय ८५ वटा बस कारबाही परेका थिए, जसबाट १० लाख ५९ हजार पाँच सय राजस्व जम्मा भएको थियो । त्यस्तै एक हजार एक सय ४१ वटा ट्रक कारबाहीबाट आठ लाख ६१ हजार पाँच सय रुपैयाँ, एक सय एक सय १३ वटा कार जिप, भ्यान कारबाहीबाट १० लाख ७६ हजार राजस्व जम्मा भएको छ । त्यस्तै एक हजार पाँच सय मोटरसाइकल कारबाहीबाट १५ लाख आठ हजार रुपैयाँ, टेम्पो कारबाहीबाट दुई हजार र अन्य पाँच सवारी गरी पाँच हजार ६४ वटा सवारी कारबाहीमा जरिवानाबापत ४५ लाख आठ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया