Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिल्लामै अक्सिजन उत्पादन सुरु

जिल्लामै अक्सिजन उत्पादन सुरु


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । एक करोड २८ लाख रूपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिनेछ । एक पटकमा पाँचवटा सिलिन्डर तीन घण्टामा भरिनेछ । अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताइन् । उनले भनिन्, ‘स्वचालितरूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ, अब हिमाली जिल्लाका बिरामीहरूको एक समस्या हल भएको छ, धेरै समयको कोसिसपछि हामी जिल्लामै अक्सिजन उत्पादन गर्न सफल भयौँ, यसको सबैको साथ सहयोग छ, जिल्लावासीलाई स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्न पाउँदा हामी खुसी छौँ ।’

जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौँ रूपैयाँ खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर बाहिर लानुपर्ने बाध्यता थियो । आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पताल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x