Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआइक्यानको शपथग्रहण, बीपीए अवार्ड वितरण

आइक्यानको शपथग्रहण, बीपीए अवार्ड वितरण


काठमाडौं । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । केही समयअगाडि भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका हुन् भने सुजन कुमार काफ्ले प्रतिद्वन्द्वी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए ।

यसैबीच गत शुक्रबार एक कार्यक्रमका बीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुवैले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । संस्थाका उपाध्यक्ष काफ्लेले अब आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका सञ्चालक समेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष सञ्चालकका रुपमा संस्थाको प्रतिनिधि भएर जाने चलन छ । साथै कार्यक्रममा २० वर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीहरुलाई दीर्घसेवा पदकले सम्मान समेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्वकार्यकारी निर्देशकलगायतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरुलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बीपीए) अवार्डसमेत प्रदान गरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्रतर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोस्रो र तेस्रो अवार्ड प्राप्त गरेका छन् । यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ । बैंकले तेस्रोपटक यो अवार्ड हात पार्न सफल भएको हो । यस्तै सो अवार्डमा ज्योति विकास बैंक लिमिटेड दोस्रो बन्न सफल भएको छ ।

यता, इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेस्रो अवार्ड प्राप्त गर्न सफल भएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोस्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हासिल गर्दै सो अवार्ड प्राप्त गरेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x