कुखुराफार्ममा बाढी पस्दा तीन लाखको क्षति
दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर–८ शैलुङ पोखरेमा बलराम खड्काको कुखुराफार्ममा बाढी पस्दा तीन लाखबराबरको कुखुरा नष्ट भएका छन् । सोमबार राति कुखुराफार्ममा लेदो माटोसहितको बाढी आएर छ सयवटा ब्वायलर कुखुरा मरेको व्यवसायी खड्काले बताए ।
खड्काले गत असार २५ गते छ सयवटा कुखुराफार्ममा हालेका थिए । बाढीले कुखुरासहित १० बोरा दाना, तीनवटा ग्यास सिलिन्डर र कुखुरालाई चारोपानी दिने भाडा र फार्ममा क्षति गर्दा तीन लाखको क्षति भएको उनले बताए । फार्मभन्दा केही माथिबाट झरेको पहिरो र बाढी गाउँमा छिर्दा गाउँनजिकै रहेकोे आफ्नो सेतीदेवी कृषि तथा पशुपन्छी फार्म पूर्णरूपले क्षति हुन पुगेको व्यवसायी खड्काले बताए । पहिरोले सोही गाउँ पोखरेका चारवटा घर उच्च जोखिममा परेका छन् । त्यसैगरी जिल्लाको सदरमुकाम चरीकोट नजिकैको कालिज फार्ममा चितुवा पसेर पाँच सयभन्दा बढी कालिज मारेको छ ।
भीमेश्वर नगरपालिका–७ मा रहेको दुधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार राति पसेको चितुवाले पाँच सयभन्दा बढी कालिज मारेको हो । शनिबार राति फार्म पसेको चितुवाले दुई दिनको अवधिमा फार्म रहेको करिब पाँच सयवटा कालिज मारेको थियो । चितुवालाई दुई दिनपछि सोमबार डार्टिङ गरी लठ्याएर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया