Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले घर भत्कायो

भूकम्पले घर भत्कायो


सोलुखुम्बु । सोलुखुम्बुमा भूकम्पका कारण एक घर भत्किएको छ । आइतबार बिहान ८ः१३ मा खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको छ रेक्टरस्केलको भूकम्पका कारण जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ४ खनियाखर्कका डिक विर सार्कीको घर तत्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहका अनुसार भूकम्पका कारण ढुंगा, माटोले बनेको र टिनको छानो भएको सार्कीको एकतले घर पूर्णरूपमा भत्किएको हो । घटनामा अन्दाजी छ लाखबराबरको क्षति भएको छ भने कुनै मानवीय र पशुचौपायको क्षति भएको छैन । भूकम्पपीडित सार्कीको सात जनाको परिवारलाई छिमेकी केशव प्रसाद उपाध्यायको घरमा आश्रय दिएर राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x