Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवैध मलखाद प्रहरीको नियन्त्रणमा !

वैध मलखाद प्रहरीको नियन्त्रणमा !


कञ्चनपुर । सरकारले समयमै मलखाद उपलब्ध नगराएपछि केही किसानले भारतबाट बाध्य भएर मलखाद ल्याउने गरेका छन् । केही व्यवसायीले किसानका नाममा भातरबाट मलखाद तस्करी गर्दै आएका छन् । तर, विडम्बना चार दिनदेखि किसानको खेतमा छर्नुपर्ने सहकारीको वैध मलखाद प्रहरीको नियन्त्रणमा छ ।

कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाले किसानलाई बेचेको मलखाद प्रहरीले नियन्त्रणमा लिएको हो । गत बिहीबार बेलडाँडी महिला साना किसान कृषि सहकारीले बेचेको मलखाद इलाका प्रहरी कार्यालय बेलडाँडीको नियन्त्रणमा छ । महिला साना किसान कृषि सहकारी संस्थाले बेदकोट नगरपालिका ५ पोल्खरीका किसान सोमराज बोहरा र रविन्द्र धानुकले खरिद गरेर लगेको मलखाद प्रहरीले नियन्त्रणमा लिएको उनीहरूले बताएका छन् । सहकारीबाट खरिद गरेर लगेको भन्दाभन्दै प्रहरीले बेलडाँडीका एक जनप्रतिनिधिको उस्काहटमा परेर मल नियन्त्रणमा लिएको उनीहरूले बताएका छन् । किसान रविन्द्र धानुकले आफूहरूले सहकारीमा बेलडाँडीकै स्थानीय भनेर खरिद गरेर लगेको मलखाद प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएको बताए ।

‘बेलडाँडीका जनप्रतिनिधिले तपाईँसँग कुनै विषय होइन सहकारीसँग हो भन्दै जबरजस्ती प्रहरी बोलाएर घरखेतका लागि लग्न लागेको मल प्रहरीलाई पक्राउ गरायो’, उनले भने, ‘हामीले बेदकोट नगरपालिकामा मल नपाएपछि उक्त सहकारीबाट खरिद गरेर लगेका थियौँ, तर बीचमै प्रहरीले लग्न दिएन ।’ यसरी वैध मलखाद खरिद गरेर लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएर किसानमाथि घात गरेको उनीहरूले गुनासो पोखेमा छन् । उक्त घटनाको किसान संघ संगठनका नेताहरूले भत्सर्ना प्रकट गरेका छन् । किसान नेता शिरोमणि ओझाले एकातिर सरकारले समयमै किसानलाई मलखाद उपलब्ध गराउन नसक्ने अर्कातिर वैद्य मल बरामद गर्ने तर, अवैध तस्करीको मल छुट दिने प्रवृत्ति आपत्तिजनक भएको बताए । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला रेग्मीले भैरवाहबाट खरिद गरेर चार सय २० बोरा मल ल्याएको बताइन् ।

‘सरकारले किसानका लागि मलखादको आपूर्ति नगर्न नसकिरहेका बेला हामीले खरिद गरेर बिक्री–वितरण गरिएका थियौँ’, उनले भनिन्, ‘मल बिक्री गरिएका बेला बेदकोटका दुई किसानले हामीलाई बेलडाँडीकै स्थानीय भनेर झुक्याएर मल लगेछन्, तर पनि केही छैन, बेलडाँडीका किसानलाई मल दिन छाडेर हामीले बाहिर जानीजानी पनि बेचेका थिएनौँ, तर प्रहरीले नियन्त्रणमा लिएर इप्रकामा थन्काएको छ ।’ किसानका लागि योभन्दा ठूलो घात के हुनसक्छ ? भन्दै अध्यक्ष कमलाले प्रश्न गरिन् ।

इप्रका बेलडाँडीका प्रहरी इन्चार्ज दिपक पातलीले प्रहरीले उक्त सहकारीको मल बरामद नगरेको बताउँदै जनप्रतिनिधिले नै नियन्त्रणमा लिएर इप्रकामा राखिदिएको बताएको बताए । प्रहरीले वैद्य मल बरामद नियन्त्रण नलिने बताउँदै उनले बेलडाँडीकै जनप्रतिनिधिले सहकारीले गाँउबाट बाहिर मल बेचेको भन्दै नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा पु-याएको बताए । बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले सहकारीले स्थानीय किसानलाई बेच्न छाडेर दैजीका किसानलाई मलखाद बेचेपछि स्पष्टीकरण सोधिएको बताइन् ।

‘गाउँपालिकाले स्थानीय किसानलार्ई मलखाद बिक्रीका लागि अनुमति दिएका हौँ’, उपाध्यक्ष नाथले भनिन्, ‘तर बाहिरका किसानलाई बेचेपछि लिखित स्पष्टीकरण मागेका छौँ ।’ सहकारीले गोदाममा थुप्रै मल भएकाले स्थानीयसँग मल भएकै कारण खरिद गर्न खासै नआउने गरेको जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x