हुण्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।
विभागले नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, नुवाकोट भिरकोटगढी–११ का सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
केही समय पहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत बालाजूको संयुक्त प्रहरीको टोलीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । उनले उक्त पैसाको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अगाडी बढाएको थियो ।
अनुसन्धानको क्रममा जापानमा रहेका प्रज्वल ढुंगनानाले सुवासजंग पाण्डेलाई र सुवासजंगले नवराज र फडिन्द्रलाई उक्त रकम दिएको खुलेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया