सोलुखुम्बुका चार सय ३१ उम्मेदवारलाई आयोगको स्पष्टीकरण
सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्चविवरण नबुझाउने सोलुखुम्बुका चार सयभन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका आठ सय सात उम्मेदवारमध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदा समेत चुनावी खर्चविवरण नबुझाउने चार सय ३१ जना उम्मेदवारविरुद्ध आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।
एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा पटक–पटक ताकेता गर्दा समेत खर्चविवरण बुझाउन अटेरी गरेकाले प्रस्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिए । उनीहरूलाई भदौ ७ सम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदुधकुण्ड नगरपालिकाका एक सय १५, थुलुङदुधकोसी गाउँपालिकाका ५१, महाकुलुङ गाउँपालिकाका ५३, लिखुपिके गाउँपालिकाका ५६ र माप्य दुधकोसी गाउँपालिकाका ४३ जना छन् ।
सोताङ गाउँपालिकाका ३५, नेचासल्यान गाउँपालिकाका ४५ र खुम्बु पासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण बुझाएका छैनन् । चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया