ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ मा वर्षमा २६ दिन मासु बेच्न नपाइने भएको छ । उक्त वडाले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको हो । सोमबार वडामा रहेका मासु व्यावसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाको प्रतिनिधिसँग बसेको बैठकले वडामा वर्षमा २६ दिन मासु बिक्री निषेध गरेको छ ।
वर्षभरि २४ दिन एकादशी र दुई दिन दुई ठूला चाड पर्छन् । बैठकले गरेको निर्णयलाई मासु व्यवसायीले समेत स्वीकार गरेका छन् । मासु व्यवसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यवसायीले स्वीकार गरेको बताए । उनले १८ सँगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागू गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यवसायी सुविन खड्गीले वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि व्यावहारिक हुन केही दिन लाग्ने बताए ।
वडा अध्यक्ष दामोदर खड्काले महानगरपालिकाका २९ वडामध्ये यो निर्णय गर्ने १८ नम्बर वडा पहिलो भएको दाबी गरे । साथै उनले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने, जो–कोहीले देख्ने गरी काटमार गर्न नहुने, मासुको मूल्य सूचीमा एकरूपता गर्न मूल्य सूची राख्नुपर्नेलगायतको निर्णय भएको जानकारी दिए । सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन समेत गर्ने उनको भनाइ छ । वडा सचिव निरन श्रेष्ठले उक्त निर्णय एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरे । वडाले सबै मासु व्यवसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया