Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट

तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट


ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले शुक्रबारदेखि भदौ १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपीडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो ।

अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । यो छुट बिरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ । ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ कलेज र पोलिक्लिनिक पनि छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x