Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेको बालापुरमा एक करोड लागतमा डिप ट्युबेल निर्माण

बाँकेको बालापुरमा एक करोड लागतमा डिप ट्युबेल निर्माण


काठमाडौं । बाँकेको राप्ती सोनारी ८ बालापुरमा सिँचाइका लागि डिप ट्युबेलको निर्माण गरिएको छ । समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रमअन्तर्गत डिप ट्युबेलको निर्माण गरिएको हो ।

एक करोड लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाले बालापुर गाउँका एक सय ५० बढी किसानको झण्डै ९० बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । आकासे पानीको भरमा सिँचाइ गर्न बाध्य बालापुरका किसानहरूलाई डिप ट्युबेल सिँचाइ आयोजनाले निकै राहात भएको स्थानीय हिम लाल डाँगीले बताए । उनले मुश्किलले एक बाली मात्रै खेती हुने सो स्थानमा अब सहजै तीन बालीसम्म खेती गर्न सकिने भन्दै खुसी व्यक्त गरे । निर्माणसम्पन्न उक्त डिप ट्युबेलको शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री गहतराजले राप्तिसोनारीलाई कृषी र पर्यटन क्षेत्रका रूपमा विकास गर्दै लगिने बताए । सिँचाइ सुविधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रका रूपमा समेत विकास गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जको बफर जोनभित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुनसक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै उनले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषिउपज कोहलपुर र नेपालगञ्जको तारे होटलमा बिक्री गर्न सकिने बताए । जनप्रतिनिधिहरूले विकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउँदै उनले विकासलाई स्थानीय जनताले सदुपयोग गर्न सक्नुपर्नेमा समेत जोड दिए । बालापुर क्षेत्रमा डिप ट्युबेल, विद्यालय भवन, तटबन्धलगायतका संरचना निर्माणका लागि पहल गरेका उनले राप्तीसोनारी ८ नम्बर वडालाई समेट्ने गरी ११ किलोमिटर लामो रिङरोड निर्माणका लागि समेत पहल भइरहेको जानकारी दिए । बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका मन्त्री गहतराजले जनताको विकासको चाहनालाई पूरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता समेत जनाए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x