Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारतको पञ्जाब ‘टेक्निकल’ विश्वविद्यालयमा नेपाली विद्यार्थीको आर्कषण

भारतको पञ्जाब ‘टेक्निकल’ विश्वविद्यालयमा नेपाली विद्यार्थीको आर्कषण


काठमाडौं । भारतको पंजाब ‘टेक्निकल’ विश्वविद्यालय प्रति नेपाली विद्यार्थीको आर्कषण बढ्दै गएको छ । विश्वविद्यालयले अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरेको कारण नेपाली विद्यार्थीहरुको आर्कषण बढदै गएको हो । विविध शैक्षिक कार्यक्रममा साथै अनुसन्धानमा जोड दिएको कारण विश्वविद्यालयको लोकिप्रयता बढ्दै गएको विश्वविद्यालयका कार्यकारी निर्देशक डा.मन्जित ब्यानसलले बताए ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु गुगल, माइक्रोसफट लगायतका विश्वविख्यात कम्पनीको कार्यकारी निर्देशक तथा प्रधानमन्त्री जस्तो प्रमुख पदमा पुगेको कारण नेपाली विद्यार्थीलाई आफनो विश्वविद्यालयमा अध्ययन गर्न आउन उनले आग्रह गरे । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भटाराई पनि सोहि विश्वविद्यालयका विद्यार्थी हुन् । पछिल्ला वर्षहरुमा नेपाली विद्यार्थीको संख्या बढ्दै गएको कारण नयाँ विद्यार्थीहरुलाई पनि विश्वविद्यालयमा अध्ययन गर्न आग्रह गरिएको छ । अन्तराष्ट्रियस्तरको विभिन्न विषयहरु विश्वविद्यालयमा उपलब्ध हुनुको साथै नेपाली विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । तथ्यांक विज्ञान, सूचना प्रविधि र सफटवेयर इन्जिनियरिङ, व्यवसाय अध्ययन, साइबर, सुरक्षा, प्रोगामिङ ल्याङ्वेज, डिजाइन, जनसम्पर्क लगायतका विविध पाठ्यक्रम राखेको छ ।

यस्तै, विश्वविद्यालयका निर्देशक हर्जोत सिंह सिद्धुले विश्वविद्यालयमा उत्कृष्ट अध्ययन गरेकोले भारतीय कम्पनीहरुमा जागिर समेतको व्यवस्था गरिएको बताए । भारतीयमा अन्तराष्ट्रिय ब्रान्डका विभिन्न कम्पनीहरु र स्वदेशका विभिन्न कम्पनीहरु रहेका कारण उत्कृष्ट विद्यार्थीहरुले जागिर सहजै पाउने बताए । पछिल्लो सयम विश्वविद्यालयमा हजारौं नेपाली विद्यार्थी पढ्नका लागि गएको त्यहाँ अध्ययन गर्नेको संख्या पनि हजारौं रहेको बताइएको छ । भू–गोल, संस्कृति, आउ–जाउ गर्न सहज भएको हुदाँ नेपाली विद्यार्थीहरु सो विश्वविद्यालयमा जाने गरेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x