Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अफ सिजन’मा पनि लुक्लामा हवाई उडान बाक्लियो

‘अफ सिजन’मा पनि लुक्लामा हवाई उडान बाक्लियो


सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको संख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको संख्या बढेसँगै लुक्लामा हवाई उडानको संख्या बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।

यसवर्ष दैनिक पाँचदेखि सातवटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारिका अछामीले बताए । विमानका अधिकांश यात्रुहरूमा विदेशी पर्यटकहरू नै रहेको उनको भनाइ छ । अछामीले भने, ‘अघिल्लो वर्षहरूमा त यो मनसुन सिजनमा मुस्किलले दिनमा एउटा जति मात्रै उडान हुन्थ्यो, तर यो वर्ष त चाप अधिक छ । मौसमले चाँहि अलिक चुनौती दिरहेको छ, नत्र उडान र यात्रुको संख्या राम्रो छ ।’ पर्यटकको संख्या बढेसँगै सिजनमा मात्रै उडान भर्ने विमान कम्पनीहरूले समेत अहिले उडान तालिका बनाएको छ ।

पर्यटकीय सिजनमा निकै व्यस्त हुने यस विमानस्थल ‘अफ सिजन’मा फुर्सदिला हुने गर्दथ्यो । ‘स्प्रिङ’ सिजनका रूपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरू आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x