काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको निर्देशन
काठमाडौं । पछिल्लो केही दिनयता महानगरभित्र अनधिकृतरूपमा बनाइएका संरचनाहरू भत्काउँदै आएको काठमाडौं महानगरपालिकाले कर नतिर्ने व्यवसायीलाई समेत कर तिर्नको लागि अल्टिमेटम दिन थालेको छ ।
व्यवसाय सञ्चालन गरेर वर्षौँदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको हो । महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बुधबार फनपार्कलाई पत्र लेखी तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न निर्देशन दिएका छन् । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने महानगरले चेतावनी दिएको छ ।
समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौँदेखि व्यवसाय गर्दै आएको फनपार्कले २०७२ सालदेखि महानगरपालिकालाई कर तिरेको छैन । फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर बुझाउनुपर्छ । तर महानगरले पटक–पटक ताकेता गर्दा समेत फनपार्कले उक्त कर तिरेको छैन । व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न महानगरले फनपार्कलाई निर्देशन दिएको छ ।
फनपार्कले वर्षमा व्यवासय करबापत महानगरलाई करिब २० हजार रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, फनपार्कले मनोरञ्जन करबापत आगन्तुकले तिरेको रकममध्ये ५ प्रतिशत महानगरलाई दिनुपर्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने महानगरले जनाएको छ । महानगरका अनुसार कुनै पनि कर हालसम्म फनपार्कले तिरेको छैन । फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि महानगरलाई बहाल कर नतिरेको महानगरले जनाएको छ । महानगरले बहाल करमार्फत वार्षिक १० प्रतिशत लिने गरेको छ । काठमाडौं फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया