Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अफ सिजन’मा पनि पर्यटक प्रवेशशुल्कबाट ३२ लाख राजस्व संकलन

‘अफ सिजन’मा पनि पर्यटक प्रवेशशुल्कबाट ३२ लाख राजस्व संकलन


सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेशशुल्कबाट ३२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरूबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रूपैयाँ राजस्व संकलन गरेको हो ।

गत असारदेखि हालसम्म एक हजार दुई सय ९९ विदेशी र एक सय ७६ नेपाली पर्यटकबाट सो राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले बताए । असारमा आठ सय ५७ विदेशी र १८ नेपाली, साउनमा तीन सय २३ विदेशी र ६२ नेपाली, भदौको हालसम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । ‘अफ सिजन’ मा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूमा भारत, यूके, स्पेन, चीनलगायतका बढी छन् । निकुञ्जले सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँ, अन्य मुलुककालाई तीन हजार रूपैयाँ र नेपालीलाई एक सय रूपैयाँ शुल्क लिनेगरेको छ । मनसुन सिजनमा पर्यटक आवगमन ठप्प नै हुनेगरेको यस क्षेत्रमा यस वर्षचाहिँ ‘अफ सिजन’मा १५ देखि २० जनासम्म पर्यटक इन्ट्री हुनेगरेकोे सूचना अधिकारी रोकायले बताए ।

नाम्चेका लामाकाजी शेर्पाका अनुसार हाल कर्मचारीहरूमा व्यस्तता बढेको छ भने खुम्बुका होटल, पसल तथा पर्यटन व्यवसायहरू समेत चलायमान बन्दै गएको छ । साथै लामो समय कोरोनाका कारण घर तथा कोठाभित्रै सीमित बन्नुपरेकाले पछिल्लो समय भ्रमण गर्ने स्वदेशी तथा विदेशीको संख्या बढ्न थालेको शेर्पाको अनुमान छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमबाट जेठसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x