Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुवा उद्यमशीलता शिखर सम्मेलनमा ५ सय युवा उद्यमी सहभागी हुने

युवा उद्यमशीलता शिखर सम्मेलनमा ५ सय युवा उद्यमी सहभागी हुने


काठमाडौं । सरकार र निजी क्षेत्रको साझेदारीमा आज अर्थात् मंगलबार काठमाडौंमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ हुँदै छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा होटल सोल्टीमा सिखर सम्मेलनको दोस्रो संस्करण हुनलागेको हो । सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक छ ।

आयोजकका अनुसार ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब पाँच सय जना युवाहरु सम्मेलनमा सहभागी हुनेछन् । ‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूलनाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । युवा उद्यमशीलताका लागि वातावरण बनाउँदै स्टार्टअपहरुको सङ्ख्यात्मक र गुणात्मक सहभागिता लागि सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले जानकारी दिए ।

सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरुको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x