पोखरामा असोज १५ देखि हट–एयर बलुन पुनः सञ्चालनमा आउने
काठमाडौं । पोखरामा असोज १५ देखि हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनापछि बन्द रहेको बलुन उडान पुनः सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए । ‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्’, उनले भने, ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट बोलाउनुपरेको हो ।’
बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई आठ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए । बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो ।
आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । असार, साउन र भदौबाहेक हरेक महिना मौसमअनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया