जनकपुरधाम । हिन्दूहरूको महान् पर्व दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैँ (सस्ता) बजार यसवर्ष पनि सुरु भएको छ । सोमबारदेखि सुरु भएको सस्तो बजार असोज १७ गतेसम्म जनकपुरधामको गोपाल धर्मशालामा लाग्ने बताइएको छ ।
सो दशैँ बजारको सोमबार मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुघन महतोले उद्घाटन गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको दशैँ बजारको उद्घाटनसत्रमा बोल्दै वक्ताहरूले यो बजारमा उपभोक्ताहरूको विस्वास रहेकाले उचित मूल्यमा गुणस्तरीय सामानहरू बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका थिए । बजार स्थलमा धर्मशालाको बाहिर ६० र भित्र ३४ गरी कुल ९४ वटा स्टलहरू रहेको दशैँ बजार व्यवस्थापन मूल समितिका सदस्यसचिव तथा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
कार्यक्रममा मन्त्री महतोले सीमापारबाट कच्चा पदार्थ ल्याएर सानो उद्योग सञ्चालन गरिरहेको अवस्थामा यस क्षेत्रका उपभोक्ताहरू सीमापारबाट सामान ल्याउँदा व्यापारमा ह्रास आएको बताए । यसका लागि उपभोक्ता र उद्योगी व्यवसायीबीचको समन्वयको आवश्यक्ता रहेको उनको भनाइ थियो । कार्यक्रममा दशैँ बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सीमापारबाट उपभोग्य सामानहरू ल्याउन आम नागरिकले सिफारिस लिन आउने गरेको बताउँदै यहाँको व्यवसायलाई सक्षम बनाउन त्यस्ता काम रोक्न आफू तयार रहेको बताए ।
कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले निजी क्षेत्रले नै बजार धान्ने गरेकाले यस क्षेत्रलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताए । एक सातासम्म लाग्ने दशँै बजारमा साबुन, सर्फ, चाउचाउ, अगरबत्ती, कपडालगायतका दैनिक उपभोग्य सामानहरू होलसेल दरमा खुद्रा बिक्री गरिने भएकाले उपभोक्ताहरूको उपस्थिति बढ्ने आयोजकको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया