Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ सुरु

‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ सुरु


बागलुङ । गलकोट नगरपालिका–६ मजुवा फाँटमा शुक्रबारदेखि ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७९’ सुरु भएको छ । ‘ड्रिम टिम गलकोट’द्वारा आयोजित महोत्सवको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा उनले महोत्सवबाट आर्थिक गतिविधि बढ्नुका साथै खेल, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने बताए । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, एकल नृत्य, गायन, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), पुरुष रस्साकस्सी, दौड, ब्याडमिन्टनलगायत प्रतियोगिता राखिएको छ । कृषि उपज, स्थानीय तथा स्वदेशी उत्पादन, पुरातात्विक वस्तु र झाँकी पनि महोत्सवको आकर्षणका रूपमा रहेको आयोजक संस्थाका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र सांगीतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । व्यापार, खेलकुद, स्थानीय कला, संस्कृतिको प्रवर्द्धनसँगै मनोरञ्ज गतिविधिका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए । महोत्सवस्थलमा एक सय २० वटा व्यापारिक स्टल रहेका छन् ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा झण्डै एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव अवधिभर हेलिकोप्टरबाट घुम्टे दर्शनसहित गलकोट आसपासका पर्यटकीय स्थलको अवलोकन पनि गर्न पाइने भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x