जल, जमिन र जडीबुटीमार्फत दोलखाको विकास गर्ने उद्घोष
काठमाडौं । जल, जमिन र जडीबुटीमार्फत दोलखाको विकास गर्ने सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उद्घोष गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धन दोलखाले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् चुनावीसभामा उनीहरुले जलविद्युत्, पर्यटन र जुडिबुटी उद्योगमार्फत दोलखाको विकास गर्ने बताएका हुन् ।
सत्ता गठबन्धनबाट दोलखाको प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की र प्रदेशसभा ‘क’का उम्मेदवार कुन्दनराज काफ्ले तथा प्रदेशसभा ‘ख’का उम्मेदवार बर्मा लामाले सभालाई सम्बोधन गर्दै दोलखाको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्नका लागि आफूहरु स्वयंसेवक बनेर काम गर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्कीले शैलुङ, हनुमन्ते, कालिञ्चोक, जिरी, च्छोरोल्पा हिमताललगायतको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर काम गर्ने बताए । यस्तै उत्तर–दक्षिण जोड्ने सडक निर्माण, तामाकोशी जलासाय निर्माणको लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए । साथै उनले आफ्ना प्रतिस्पर्धी समेत रहेका उद्योगी एवं नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई उद्योग व्यवसायको विस्तारमा लाग्न सुझाव दिए । व्यवसायीले व्यवसाय नै गर्न उपयुक्त हुने भन्दै उनले व्यवसायीको लागि आवश्यक वातावरणको व्यवस्था मिलाइदिने बताए ।
कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार वर्मा लामाले नेकपा एमालेले पटक–पटक निर्वाचन जितेर गए पनि दोलखाली जनताको लागि कुनै काम नगरेको बताए । मुडे–मेलुङ सडक र लामोसाँगु–चरीकोट सडक लामो समयसम्म अलपत्र पर्दा समेत एमालेका सांसदहरुले चासो नदेखाएको उनको आरोप थियो । उनले पनि दोलखाको विकास कृषि, पर्यटन र जलविद्युत्बाटै सम्भव हुनेहुँदा यसलाई आफूहरुले प्राथमिकता दिने बताए । यस्तै ग्रामीण सडकको स्तररोन्नति अति आवश्यक रहेकोले त्यसलाई पनि आफूहरुले प्राथमिकतामा राखेर काम गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया