बझाङ । हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेपछि यहाँ सञ्चालन हुँदै आएका पानी घट्ट बिस्तारै लोप हुँदै गएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा डिजेल तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्टको प्रयोग घट्दै गएको हो ।
ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट, ढिकीलगायतका परम्परागत प्रविधिको प्रयोग गर्ने गरेका थिए । गाउँलेको पिसानी (पहिला अन्न पिस्ने काम)का लागि पाटीघट्ट भरपर्दो माध्यम थियो । तर पछिल्लो समय प्रविधिको विकास संगै यसको प्रयोग पनि घट्दै गएको छ । हाल ग्रामीण भेगमा विद्युत् तथा पेट्रोलियम पदार्थबाट चल्ने मिलको प्रयोग हुन थालेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो काठको नाला र पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइने र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुनेगरेको छ ।
ग्रामीण भेगका अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ । बझाङका रामजन बहादुर सिंह भन्छन्, ‘घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ ।’ प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय बताउँछन् । पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको थियो । अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको स्थानीय भरत खड्का बताउँछन् । घट्टको विकल्पमा अरु धेरै माध्यम भित्रिएकाले घट्ट लोप हुँदै गएको उनको भनाइ छ ।
‘पहिले हामीले कुटानी पिसानी गर्ने पानी घट्ट जिताडोबाहेक अरु केही थिएन । घरमै जिताडोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो । अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन’ उनले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने । घट्टले भन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दो रहेछ ।’
पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक पदम सिंहले बताए । गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उनको भनाइ छ । ‘पहिला बनाएका घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन’ सञ्चालक सिंहले भने, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेसा गर्नुपर्ने अवस्था आएको छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया