आप्रवासनसम्बन्धी नीतिलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा जोड
काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आप्रवासनसम्बन्धी नीति तथा नियमलाई लैङ्गिक–उत्तरदायी बनाउनुपर्नेमा जोड दिएको छ । सञ्जालले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष हरिबहादुर थापाले महिलामैत्री आप्रवासन श्रमसम्बन्धी प्रस्ट नीति नहुँदा गैरकानुनी रूपमा रोजगागरीमा जाने नेपाली महिलाहरूले विभिन्न समस्या झेल्नुपरेको बताउँदै प्रस्ट नीति बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपकी कोषाध्यक्ष रशना ढकालले घरेलु कामदारका रूपमा विदेश जाने महिलालाई बन्देज गर्नेभन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । सन् २००८/०९ देखि २०१८/१९ सम्म ४० लाख ९९ हजार नौ सय २६ श्रम स्वीकृति जारी गरिएको सञ्जालले जनाएको छ । त्यसमा महिलाको संख्या दुई लाख ११ हजार आठ सय ९१ रहेको छ । वैदेशिक रोजगारीका लागि एक सय १० श्रम गन्तव्य खुला गर्नुका साथै १० वटा गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गरिएको छ । केही आप्रवासन सम्झौतामा महिला आप्रवासी श्रमिकहरूको सुरक्षा र कल्याणका लागि प्रावधान समावेश छन् ।
नेपाल र मौरिससको सम्झौताले ‘महिला श्रमिकको विशेष जोखिम र कुनै पनि हिंसा, धम्की र शारीरिक, मानसिक र यौन दुर्व्यवहारविरुद्धको सुरक्षा’ लाई सम्बोधन गर्दछ । जोर्डनसँगको सम्झौताले ‘जोर्डनभित्र काम गर्ने नेपाली श्रमिकरूलाई राष्ट्रियता, जाति, धर्म वा लिङ्गको भेदभाव नगरी जोर्डनको श्रम कानुनअन्तर्गत व्यवहारमा समानता लागू हुनेछ’, भन्ने उल्लेख गरिएको छ । यद्यपि पर्याप्त नभएको सञ्जालको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया