आन्तरिक पर्यटकको रोजाइमा जिरीको स्टोनपार्क
दोलखा । पर्यटकीय क्षेत्र जिरी नगरपालिका वडा नम्बर–१ पुम्पामा रहेको स्टोनपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक रूपमा यत्रतत्र छरिएका ढुङ्गामा बुनका संरचनाले यस क्षेत्र सबैको गन्तव्य बन्न थालेको हो ।
आन्तरिक तथा बाह्यपर्यटकहरुको लागि जिरी नगरपालिकाले प्राकृतिक रूपमा रहेका ठुलाठुला ढुङ्गामाथी भगवान शिवका मुर्ति तथा अन्य पर्यटकीय किर्तिम संरचना निर्माण गरेको छ । स्टोन पार्कमा अहिले पर्यटकहरु आउने क्रम बढेको जिरी–१ का वडाअध्यक्ष आङपाशाङ शेर्पाले बताए । २०७७ सालदेखी सञ्चालनमा आएको स्टोनपार्कमा हाल दैनिक दर्जनौं पर्यटक आउने गरेका छन् । नगरपालिका तथा वडाले स्टोनपार्कमा वर्षौदेखि विभिन्न प्राकृतिक आकारमा बनेका ढुुंगाहरुमा चासो दिएर कृतिमा सम्पदा निर्माण गरेको थियो । यस क्षेत्रको पर्यटन विकासको लागी नगरपालिका तथा निवर्तमान सांसद जिपछिङ लामाले समेत सहयोग गरेको वडाध्यक्ष शेर्पाले बताए ।
स्टोनपार्कको निर्माण नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारको सहयोगमा गरिएको हो । पार्कमा सभाहल, मिनी कार्यक्रम हल, स्वीमिङ पुल र प्रतीक्षालय भवन रहेको छ । पार्क निर्माण भएपछि पार्क घुम्न मुख्य गरी दोलखा र रामेछापबाट बढी पर्यटक आउने गरेका छन् । यस्तै सिन्धुली, सोलुखुम्बु, महोत्तरी, जनकपुर, सिन्धुपाल्चोक, काठमाडौ लगायतका क्षेत्रबाट समेत बिदाको समय पारेर पर्यटक घुम्न आउने गरेको वडा अध्यक्ष शेर्पाले बताए ।
बिहिवार चुनावी कार्यक्रम लिएर मतदाता भेटन पुम्पा पुगेका प्रदेशसभा ‘क’ का सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेले स्टोनपार्कलाई आधुनिक पर्यटकीय गन्तव्य बनाउने बताए । त्यस्तै काफ्लेले स्टोनपार्कसम्म आउने ग्रामीण सडकको स्तरोन्नति गरेर जिरीलाई पर्यटकीय हवको रूपमा बिकास गरेर देखाउने दाबी समेत गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया