मनाङ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिए । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्यटक भित्रिएका छन् । पुरुष एक हजार दुई सय ६४ र महिला आठ सय ५२ जना रहेका छन् । विदेशी पर्यटक तिलिचो ताल, थोराङ्ला पास, मनास्लु हिमाल आरोहण लगायतका स्थानमा जाने गरेका छन् । ‘जिल्लामा यस सिजनको मध्यमा उच्च सङ्ख्यामा पर्यटकको आगमन भएको छ । यसले जिल्लाको आर्थिकस्तर वृद्धि गर्नेछ । पर्यटकको उल्लेख्य आगमनले मनाङवासीमा खुसीयालीका साथै उत्साह थपिदिएको छ’, कुर्मीले भने, ‘कात्तिकमा फ्रान्स, जर्मनी, युके, अमेरिका लगायतका देशबाट पर्यटक आएका छन् ।’
आयोजनाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजको पहिलो सातासम्म तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएका थिए । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया