बलेवा । सानो मतपत्र, चुनावचिह्न थोरै । एउटा मतपत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घर–घरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरूले आ–आफ्नो चिह्नमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।
मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पनि घर–घर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेदवारहरूप्रतिको वितृष्ण । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।
मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छवटा चुनावचिह्न छन् । मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिह्नमा छाप लगाएका छन् । यस्तो बदर मतको संख्या गन्ने हो भने उल्लेख्य छ । मतपत्रमा रहेका कुनै पनि चिह्नमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरूले नो भोटको स्वरूपमा मत बदर गराइरहेको देखिँदैछ ।
केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा चार सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरू बताउँछन् । ‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’, मतगणनामा सहभागी एक कर्मचारीले भने, ‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिह्नमा छाप लगाइएको पनि छ’, दलहरू तथा उम्मेदवारहरूप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१)मा १५ हजार नौ सय तीन मतगणना हुँदा तीन सय ५२ र प्रदेशसभा (२)मा १५ हजार एक सय ६५ मतगणना हुँदा तीन सय ९१ मत बदर भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया