Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएनआरएनएद्वारा झापामा स्वास्थ्यशिविर

एनआरएनएद्वारा झापामा स्वास्थ्यशिविर


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्यशिविर सम्पन्न भएको छ । समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआईएसको सहकार्यमा आयोजित सो शिविरमा एक सय ५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका विरामीहरु सहभागी थिए । शिविरमा ३० भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा सञ्जीव शर्माले स्वास्थ्यशिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरुले चिकित्सासम्बन्धी विषयमा परामर्श प्रदान गरे ।

स्वास्थ्यशिविरमा एनआरएनए स्वास्थ्य समितिका डा. सागर पौडेल र डा. सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गत साता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x