Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगोरेटोबाटो निर्माणमा गाउँपालिकाको चासो

गोरेटोबाटो निर्माणमा गाउँपालिकाको चासो


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले पुराना गोरेटोबाटो निर्माण तथा मर्मतमा चासो देखाएको छ । पालिकाले चालू वर्षमा यहाँ रहेका २६ वटा गोरेटोबाटोको स्तरोन्नति गर्न सुरु गरेको जनाएको छ ।

पुराना गोरेटोबाटोको स्तरोन्नति गरेर स्थानीय सर्वसाधारणलाई ओहोरदोहोर गर्न सहजता दिने उद्देश्यले गत भदौदेखि नै काम सुरु भएको बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बताए । लामाका अनुसार गाउँपालिकाले गतवर्षदेखि नै गोरेटोबाटो स्तरोन्नति गर्ने कार्य थालेको हो । गत वर्ष गाउँपालिकाले करिब दुई दर्जन गोरेटो निर्माण गरिसकेको छ । अहिले पनि करिब ४० लाख बजेट छुट्याएर २६ वटा गोरेटोबाटो निर्माण गर्न लागेको अध्यक्ष लामा जानकारी दिए । चालू वर्ष निर्माण हुने गोरेटोबाटो धेरैको सम्झौता भएर काम समेत धमाधम भइरहेको छ । चालू वर्षभित्र निर्माण हुने गोरेटोबाटो वडा नम्बर १ देखि ८ वडाभित्रका रहेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको अनुदानमा थप बजेट राखेर गाउँपालिकाले सडक स्तरोन्नति तथा गोरेटोबाटो निर्माणमा लगानी गरेको गाउँपालिकाको योजना अधिकृत वासुदेव दाहालले जानकारी दिए ।

गत आवमा बैतेश्वर गाउँपालिकामा करिब छ किलोमिटर सडक सोलिङ र एक किलोमिटर सिँढीसहितको गोरेटोबाटो निर्माणसम्पन्न गरेको थियो । चालू वर्षमा पनि पालिकाको बजेट र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि आएको बजेटमा थप गरेर साढे दुई दर्जन गोरेटोबाटो तथा स्थानीय ग्रामीण सडक सोलिङ गर्ने काम जारी रहेको दाहालले बताए । पालिकाले ग्रामीण सडकको स्तरोन्नति गर्दै स्थानीयलाई रोजगारी समेत दिएको छ । त्यसैगरी गाउँपालिकाले स्थानीयको मागबमोजिम छनोटमा परेका साना सिँचाइका योजनाको काम पनि धमाधम गरिरहेको छ । खेतीपाती र खानेपानीको समस्या भएका ग्रामीण बस्तीको पहिचान गरी खानेपानी र सिँचाइ कुलोलगायतका संरचनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x