Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज


काठमाडौं । इस्लिङटन कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुपबीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बीए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलोपटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बीए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जसअनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यान्मार र थाइल्याण्डमा अध्यापन हुने भएको छ । कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ । विश्वको चर्चित मानिएको आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभीआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र छवटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभीआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यान्मार, थाइल्याण्डलगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए । त्यस्तै चार निकायको सहकार्यमा थाइल्याण्ड र म्यान्मारमा अनलाइन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत एङगले बताए ।

इस्लिङटन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जसअन्तर्गत कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्नेलगायतको मुख्य भूमिका रहनेछ । इस्लिङटन कलेजका संकाय पनि मूल्यांकन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देशअनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए । यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्वपूर्णमध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरको प्रयोग हो । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए । अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्तिलगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ ।

सम्झौतापत्रमा आरभीआई ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङटन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङटन कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x