फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
काठमाडौं । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यममार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट शुभारम्भ गरेको छ । यससँगै काठमाडौं जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिनेछ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरू कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् । कुनै कसुरको अभियुक्त भइसकेपछि आफूविरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरू के–के छन्, मविरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ । संविधानले दिएको यही अधिकारको पहुँच सरल तथा सहजरूपमा अभियुक्तका वकिल र मुद्दासम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरूसम्म पु¥याउने उद्देश्यले अभियोगपत्र अनलाइनमार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए ।
अदालतलाई प्रविधिमैत्री, नमूना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइनमार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनतामाझ पुगेको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया