Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँदर आतङ्कले सोलुका कृषक हैरान

बाँदर आतङ्कले सोलुका कृषक हैरान


सोलुखुम्बु । सोलुखुम्बुको कृषि उत्पादनको उद्गम थलोमध्येका एक थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम क्षेत्रका कृषक बाँदर आतङ्कका कारण हैरान भएका छन् । केही वर्षयता सो क्षेत्रमा बढेको बाँदर आतङ्कका कारण कृषकलाई आक्रान्त बनाएको छ ।

रणेम दिप्लीका कृषकहरुका लागि यतिखेर मुख्य चुनौती बाँदर बनेको छ । झरी, घाम पानी नभनी लगाएको बालीमा कृषकले अहिले दैनिक बाँदरको आतङ््क सहन कृषक बाध्य रहेको स्थानीय निर कुमार राईले बताए । जंगलबाट हुल बाँदेर आउने रातो बाँदरले केरा, सुन्तलालगायतका फलफूलदेखि अन्नबालीहरु समेत सखाप पार्ने गरेको दिप्लीकै रत्न कुभिर राईको दुखेसो छ । कोशीवारि रहेको यो क्षेत्रलाई माप्यदुधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जंगलको बाँदरहरु दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषक बताउँछन् । जंगलबाट आएका बाँदरहरुले सुन्तला, कोदो, धान, दाल, मास, भटमासलगायतका बाली सखाप पार्नुका साथै घरभित्र समेत प्रवेश गर्न थालेको कृषक राजकुमारी राईको भनाइ छ ।

दिप्ली क्षेत्रमा करिब एक वर्षयता बाँदर आतङ्क अत्यधिक बढेको स्थानीय बताउँछन् । वर्षभरि दुःख गरेर लगाएको खेती जंगली जीवजन्तुले क्षणभरमै सखाप पार्न थालेपछि कृषक खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा परेका छन् । रोग कीराको प्रकोप र अहिले जंगली जीवजन्तुको आतङ्कका कारण किसानलाई खेतीकिसानी गरेर बाँच्न निकै सकस भएको छ । जसले गर्दा कृषक खेतीप्रति निरुत्साहित बन्दै गएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x