दिपायल, फागुन २७
नजिकै सेती नदीको बगर बगरको माथिल्लो डाँडोमा नेपाल क्षेत्रीय प्रहरी निर्देशनालय जहाँ सुदूरपश्चिम प्रदेशको आस्था अनि केन्द्रविन्दु त्यहीँ पानीको चरम अभाव । चैत, वैशाख, जेठमा झन् पानीको विकराल समस्या । असारमा जति पानी पर्थ्यो । अनि प्रदूषित पानी पिउनुपर्ने भनेर हाम्रो चिन्ता उति नै थपिन्थ्यो । ४/५ महिना पानीको अभावको सामना गर्नुपर्ने गरेको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय, दिपायलका एक जना प्रहरी जवानको भनाइ हो यो ।
समुद्री सतहबाट करिब २ हजार पाँच सय मिटर उचाइमा रहेको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय डोटीको उत्तरतर्फ छ । वर्षौँदेखि गर्मी महिना र वर्षायाममा लगातार पानीको चरम समस्या भोग्दै आएको निर्देशनालय ४/५ वटा पानी छान्ने प्रशोधित मेसिन राखेपछि केही महिनायता शुद्ध पानी प्रयोग गर्न पाएका छन् । वर्षौँदेखि पानीको हाहाकार हुने निर्देशनालयमा आएको प्रहरीको नयाँ नेतृत्वले तत्कालको खानेपानी संकट टार्न सेती नदीको पानीलाई पाइपबाट तानेर फिल्टरराइजेसन गरी खाने बनायो ।
‘बेला–बेलामा नेपाल प्रहरी क्षेत्रीय निर्देशनालय दिपायलमा प्रहरीका विभिन्न पदका लागि दरखास्त आह्वान भएको बेला सेती नदीको फोहोर पानी समेत खायौँ’, ती प्रहरीले भने, ‘कति जनाले निर्देशनालयमा रहेको फिल्टराइजेसन पानी खाने गरेका छन् भने केहीले सेती नदीको प्रदूषित खानेपानी पिएर गुजारा चलाएँ । अभाव त सधैँ हुन्थ्यो । यसपालि जस्तो भएको थिएन । क्षेत्रीय निर्देशनालयजस्तै खानेपानीका समस्या दिपालयका वरिपरिको गाउँले पनि भोगेँ ।’
दिपायलमा आर्थिक अवस्था बलियो भएकाले त जारको दैनिक जारको पानी प्रयोग गर्छन् भने नहुनेले प्रदूषित पानी प्रयोग गर्दै आएका छन् । पानीकै समस्या चरम नेपाल आर्मीको क्षेत्रीय कार्यालय रहेको पृतना कार्यालयले समेत भोग्दै आएको छ । पानीको चरम समस्या दिपायलबासीले वर्षौँदेखि भोग्दै आएको नेपाल प्रहरी क्षेत्रीय निर्देशनालयका एसएसपी प्रदिप श्रेष्ठले बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरी क्षेत्रीय निर्देशनालयमा शुद्ध पानीका लागि र भौतिक निर्माणका लागि आउने आर्थिक वर्षमा छुट्याउने बताए ।
निर्देशनाल अझै पनि पुरानो भग्नावशेष रहेको दरबारजस्तो छ । पानी परेको बेला चुहिन्छ । खानाको राम्रो व्यवस्था छैन । युवा भविष्य कोरिएको ठाउँ । जहाँ सुरुवात नै यहाँबाट हुन्छ । प्रहरीले यस्तो वातावरणबाट कसरी दक्ष हुन सक्छ । त्यसका लागि खानपिन, बस्ने व्यवस्था, शुद्ध खानेपानीको आवश्यक हुन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया