Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबज्र तथा शो–क्योकुसिन काराँते–डोको दिक्षान्त

बज्र तथा शो–क्योकुसिन काराँते–डोको दिक्षान्त


काठमाडौं । बज्र तथा शो–क्योकुसिन काराँते–डोले दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बेल्ट प्रमोसन टेस्टमा सफल भएका १४ जना खेलाडीहरूलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ वडा वडाअध्यक्ष नवीन मानन्धर, ललितपुर महानगरपालिका २१ का वडाअध्यक्ष तथा क्योकुसिनका राष्ट्रिय खेलाडी रविन्द्र महर्जनलगायतले उनीहरूलाई बेल्ट र प्रमाणपत्र वितरण गरी हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा कामपा प्रवक्ता तथा १७ नम्बर वडाअध्यक्ष मानन्धर र ललितपुर महानगर २१ का वडाअध्यक्ष महर्जनले खेलको विकासको लागि चाहिने म्याटलगायत आवश्यक सामग्रीहरू व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै खेल विकासको लागि खेलाडी तथा जुद्ध माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा काराँते खेलाडी देवेन्द्रमान सीं र पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) तथा क्याकुसिन काराँते खेलाडी पशुपति उपाध्यायले १०/१० हजार रुपैयाँ सहयोग गरेका थिए ।

पुष्पमान मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा एसपी समिक महर्जन, यूएनकेएका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडि भिमसेन कार्की, सार्क प्रतियोगितामा तीन पटक भारतोलनमा नेपाललाई रजत पदक जित्न सफल अन्तर्राष्ट्रिय खेलाडी जगदीश प्रधानलगायतको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x