काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ । होप्पिल्याण्ड एमुजमेन्ट पार्कमा शुक्रबारदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए ।
होप्पिल्यान्ड एमुजमेन्ट एन्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्याजेट र रोबोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरूलाई विषय बुझ्नका लागि थप सहयोग हुने अपेक्षा गरिएको छ । त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा थापाले जानकारी दिइन् ।
यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरूले फाइदा लिन सक्ने थापाले बताइन् । उक्त मेलामा विद्यार्थीका अभिभावकले पनि उक्त विषयमा जानकारी लिन पाइने, सिकेका कुराहरू अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको थापाले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया