काठमाडौं । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको संयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाडौं युनाइटेड वेष्टको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ ।
शिविरमा एक सय ८० जनाले आफ्नो बाथ तथा नशा रोगसम्बन्धी स्वास्थ्य जाँच गराएका थिए । काभ्रे खोपासीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजको भवनमा शनिबार नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्श दिनुका साथै स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो ।
उक्त शिविरमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ/संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तो खालको कार्यक्रमहरु हरेक ६/६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया