Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगोर्खा आर्मीलाई खुकुरी रमको सम्मान, छात्रवृत्तिको समेत घोषणा

गोर्खा आर्मीलाई खुकुरी रमको सम्मान, छात्रवृत्तिको समेत घोषणा


पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिजले एक सय २० जनाभन्दा बढी पूर्वगोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत्त गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो ।

भारतीय सेना, ब्रिटिश सेना, सिंगापुर आर्मीलगायतमा काम गरी सेवानिवृत्तहरुको कार्यक्रममा सहभागिता थियो । सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्विन एलिजाबेथलगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिश आर्मीको मेजर पदबाट सेवानिवृत्त दिलबहादुर गुरुङलाई विशेष सम्मान गरेको थियो । कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुङलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरेका थिए ।

यस्तै, कार्यक्रममा सहभागी एक सय २० भन्दा बढी पूर्वगोरखा सैनिक र उनीहरुका पत्नीहरुलाई समेत कम्पनीले टोकनअफ लभले सम्मान गरेको थियो । कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरुले चर्चा गरेका थिए । गोर्खा सैनिकको वीरता र त्यसको प्रतीकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए ।

कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाइँको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका दुई जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्तिको समेत घोषणा गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिएका थिए । उनले आफूले समेत विदेशका साथी तथा आफन्तलाई नेपालको उपहारको रुपमा खुकुरीको कोरोनेसन ब्राण्ड लैजाने गरेको उदाहरण दिँदै गोर्खा सैनिकहरुप्रति कम्पनीले देखाएको सदाशयताको प्रशंसा गरेका थिए । सो क्रममा उनले आफूहरु पूर्वसैनिकहरुसँग सहकार्य गर्न तयार रहेको समेत बताएका थिए ।

गोर्खा समाज पोखराका अध्यक्ष लक्ष्मीबहादुर गुरुङले देशले आफूहरुलाई बिर्सिएको भन्दै नेपाल डिस्टिलरिजले चाहिँ सम्झिएर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले कम्पनीसँग सहकार्यको सुरुवात भएको र भविष्यमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरेका थिए । सम्मानपछि कम्पनीले पूर्वगोर्खा सैनिक र उनीहरुका परिवारका लागि रात्रिभोजको समेत आयोजना गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x