Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजुम्लामा हिमालय आँखा अस्पतालको निःशुल्क आँखा शिविर

जुम्लामा हिमालय आँखा अस्पतालको निःशुल्क आँखा शिविर


काठमाडौं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाउँपालिकामा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । हिमा गाउँपालिका र कादुरी एग्रिकल्चर एसोसियसनसँगको सहकार्यमा आँखा शिविर आयोजना गरिएको हो ।

अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार पुस १ गतेदेखि ४ गतेसम्म आयोजना गरिएको शिविरमा आठ सय २८ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो । साथै ४२ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया समेत गरिएको उनले जानकारी दिए । शिविरमा आँखा जाँच गराएकाहरूमध्ये दुई सय ९७ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो भने आँखामा सामान्य समस्या भएका छ सय ७३ जना बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x